नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

हान्गुल: स्वर, व्यञ्जन र अक्षर बनाउने तरिका

Korean Language – TOPIK I र युनिभर्सिटी अन्तर्वार्ता निःशुल्क कोर्स · करिब १ मिनेट पढाइ · पूरा पाठ्यक्रम

सिक्ने कुरा: हान्गुलका आधारभूत अक्षर पढ्न र तिनलाई जोडेर शब्द बनाउन।

हान्गुल किन सजिलो छ?

हान्गुल १५औँ शताब्दीमा राजा सेजोङको पालामा बनाइएको वर्णमाला हो। अक्षर आवाजअनुसार बनेका छन्, त्यसैले केही दिनमै पढ्न सकिन्छ।

१४ आधारभूत व्यञ्जन

अक्षर आवाज
ㄱ g/k (ग/क)
ㄴ n (न)
ㄷ d/t (द/त)
ㄹ r/l (र/ल)
ㅁ m (म)
ㅂ b/p (ब/प)
ㅅ s (स)
ㅇ सुरुमा मौन, अन्त्यमा ng (ङ)
ㅈ j (ज)
ㅊ ch (छ)
ㅋ k (ख)
ㅌ t (थ)
ㅍ p (फ)
ㅎ h (ह)

१० आधारभूत स्वर

स्वर ㅇ सँग आवाज
ㅏ 아 a (आ)
ㅑ 야 ya (या)
ㅓ 어 eo (अ/औ बीचको)
ㅕ 여 yeo (यअ)
ㅗ 오 o (ओ)
ㅛ 요 yo (यो)
ㅜ 우 u (उ)
ㅠ 유 yu (यु)
ㅡ 으 eu (ओठ नगोलो पारी उ)
ㅣ 이 i (इ)

स्वर एक्लै लेख्दा अगाडि मौन ㅇ राखिन्छ: ㅏ → 아।

अक्षर (block) बनाउने नियम

  • व्यञ्जन + ठाडो स्वर (ㅏ ㅓ ㅣ…): छेउछाउ, जस्तै ㄱ + ㅏ = 가 (ga)।
  • व्यञ्जन + तेर्सो स्वर (ㅗ ㅜ ㅡ…): माथि-तल, जस्तै ㄴ + ㅗ = 노 (no)।
  • तल अर्को व्यञ्जन (받침, batchim) आउन सक्छ: ㅎ + ㅏ + ㄴ = 한 (han)।

पहिला शब्द

कोरियन Romanization नेपाली
안녕하세요 annyeonghaseyo नमस्ते
감사합니다 gamsahamnida धन्यवाद
학교 hakgyo विद्यालय
사람 saram मान्छे
물 mul पानी
나라 nara देश
네팔 nepal नेपाल
친구 chingu साथी

सामान्य गल्ती

  • ㅓ (eo) र ㅗ (o) एउटै ठान्नु। ㅓ मा मुख अलि खुला, ओठ नगोलो।
  • ㄹ लाई सधैँ “र” पढ्नु। अन्त्यमा “ल” जस्तो सुनिन्छ।
  • Romanization मात्र पढ्नु। सुरुदेखि नै हान्गुल पढ्ने बानी गर्नुहोस्।

सारांश

१४ व्यञ्जन + १० स्वर, ठाडो स्वर छेउमा र तेर्सो स्वर तल, अनि 받침 सबैभन्दा तल।

अभ्यास प्रश्न

१०० प्रश्न उपलब्ध।